पशुपतिमा दुई भाइको घमासान : अध्यक्ष राईले ‘एप्पल’को ल्यापटपसहित दुई लाख पचास हजार पोको पारे !

काठमाडौंं, पुष १९ । विकास वोर्डको अध्यक्ष आफू बन्न नपाएकोमा राजकुमार राई कतिसम्म तड्पिरहेका रहेछन भन्ने दृश्य अस्ति दिँउसो दुईबजे पशुपतिमा देख्न पाइयो । कांग्रेस निकट सांस्कृतिक फाँटका प्रमुख तिर्थ थापा जीवनसंगिनी मैयाको मृत्युको शोकमा थिए पशुपतिस्थित क्रियाघरमा । १३ औं दिनको तिथीमा त्यहाँ पुगेका विकास वोर्डका पूर्व अध्यक्ष राजकुमार राईले निर्माता संघमा महासचिव रोज रानालाई देख्ने वित्तिकै भनिहाले ‘तिमी त चलचित्र विकास वोर्ड तिर हुनुपर्ने मान्छे किन यहाँ छौं त रोज ?’

 

रोजले प्रतिवाद गरिहाले ‘विकास वोर्डको अध्यक्ष बन्न तपाई नै दौडिरहनुभएको थियो । तपाई चाहिँ त्यहाँ हुनुपर्ने म किन त्यहाँ हुनु ?’ यहि विषयमा यी दुईबीच त्यहाँ जुहारी नै चल्यो । ‘हिन्दी चलचित्रको दलाल निकिता पौडेललाई तिमीले नै विकास वोर्डको अध्यक्ष बनायौं । उनी नभएको भए म आफैं अध्यक्ष हुन्थें ।’ ‘के भन्या रे ? वोर्ड अध्यक्ष मैले नियुक्ती गर्ने हो कि क्याविनेटले’भन्दै रोज जाइलागे हाले ।

रोजसँगै रहेका चार जनाले उनलाई समाए र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले राईलाई थामथुम पारेपछि त्यस्तो अप्रिय घटना चाहिँ केही हुन पाएन । यद्यपि राई अझैं साम्य भएनन् । लुगलुग काम्दै राई तितो पोख्न थाले ‘तिमी ठूलो मान्छे,कांग्रेसको क्षेत्रीय सभापति, तिम्रो हैसियतमा त म पुग्न सक्दिन । यद्यपि तिमीले मलाई सहयोग गरेनौं मात्र भन्न खोज्या हो ।’ रोजको रिस अझैं साम्य भइसकेको रहेनछ । भने ‘सहयोग गर्नका लागि त योग्यता पनि त हुनुप¥र्यो । माधव वाग्ले,उत्तम केसी जस्तो ठान्या होला मलाई ।’ माधव र उत्तमलाई राजकुमारले यस अगाडि विकास वोर्डमै हात पात गरेका थिए । यसरी रोजले हकारे पछि कालो निलो हुँदै राजकुमार पुष्कर लामालाई पछाडि लगाएर त्यहाँबाट कुलेलम ठोके ।

यता,दीपक मनाङ्गेको खास मान्छे हुँ भन्दै हिड्ने राजकुमार राईमा कतिसम्म लोभ रहेछ भने जाँदाजाँदै उनले चलचित्र विकास वोर्डको एप्पलको ल्याप टप बोकेर घर लगेका विकास वोर्ड स्रोतले जनाएको छ । स्रोतका अनुसार उनले तीन वर्ष आफू निर्माता संघको अध्यक्ष भएर रहँदा बसेको कुर्सी र सोफा टेबल वापतको दुई लाख पच्चिस हजार रुपैंया समेत बुझेर लगेका छन् ।         -जनआस्था 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *