सात वर्षपछि दग्नाम सडक सञ्जालसँग जोडियो

म्याग्दी, १७ असार । रघुगङ्गा गाउँपालिका– ४ दग्नाम सडक सञ्जालसँग जोडिएको छ । छिमेकी गाउँ मौवाफाँटदेखि सडक विस्तार थालेको सात वर्षपछि दग्नाम गाउँमा सडकको ट्र्याक विस्तार भएको हो । मौवाफाँटदेखि झन्डै पाँच किलोमिटर सडक विस्तार गरी दवाङ भिरमा पुगेको सडक कडा चट्टानमा सडक विस्तार गर्नुपर्ने भएकाले ट्र्याक निर्माणमा ढिलाइ भएको हो ।

सडक विस्तारको क्रममा दवाङ भिरको अक्करे पहाडमा कडा चट्टान भएकाले विगत लामो समयदेखि सडक विस्तारको कार्य सुस्तगतिमा थियो । विभिन्न समयमा लाखौँ बजेट खर्चेर बम पड्काएर भिरमा सडक चौंडा गर्ने प्रयास गरेपनि अहिले मात्रै सडकको ट्र्याक खोल्न सफल भएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष दग्नामका वडाअध्यक्ष एकबहादुर गर्बुजाले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय यातायात पूर्वाधार विकास कोषमार्फत जिल्ला समन्वय समिति मार्फत यो वर्ष १५ र ५० लाख गरी दुईचरणमा रु ६५ लाख बजेट विनियोजन भएको थियो । सोही बजेटबाट दवाङभिरको चट्टान काटेर दग्नाम गाउँमा सडकको सञ्जाल पु¥याइएको हो ।

यो वर्ष ठुलो बजेट विनियोजन भएको भए पनि ढिला निकासा भएको कारण सबै बजेटको उपयोग गर्न हम्मेहम्मे परेको उपभोत्ता समितिले जनाएको छ । सदरमुकाम बेनीदेखि नजिकै रहेको बस्ती भए पनि अक्कर र कडा चट्टानलाई काट्न नसक्दा दग्नाम गाउँमा अहिलेसम्म यातायातको पहुँच पुग्नसकेको थिएन् । लामो समयको सङ्घर्ष र प्रयासपछि गाउँमा सडकको पहुँच पुगेपछि दग्नामवासी खुसी भएको एकता युवा क्लब दग्नामका अध्यक्ष गुन पुन गुञ्जनले बताउनुभयो । सदरमुकाम बेनी हुँदै गलेश्वर, पिप्ले, मौवाफाँट, दग्नाम, दर्मीजा , चिमखोला हुँदै कुइनेमङ्गलेको घ्यासीखर्कसम्म पु¥याउने उक्त सडकखण्ड अन्तर्गत अहिले दवाङभिरमा ट््याक निर्माण भएपछि दग्नाम गाउँमा सडकको ट््याक निर्माणकार्य भइरहेको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *