सातै प्रदेशका अस्थायी केन्द्र तोक्ने तयारी

काठमाडौं, पुस १९ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सातै प्रदेशका अस्थायी केन्द्रसहित प्रदेश सरकार सञ्चालनसम्बन्धी ५ अन्तरिम कार्यविधी प्रस्ताव तयार पारेको छ ।

संघीय मामिला तथा स्थानीय, सामान्य प्रशासन र सहरी विकास मन्त्रालयले गरेका अध्ययनका आधारमा तयार पारिएका ती प्रस्तावबारे मन्त्रिपरिषद्को भोलीको बैठकले निर्णय लिनेछ । पहिलो प्रस्ताव प्रदेशका अस्थायी केन्द्रसम्बन्धी छ । जसअनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को भक्तपुर ठिमि, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को धनगढी अस्थायी केन्द्र हुनेछन्  ।

दोस्रो प्रस्ताव प्रदेश प्रमुखको नियुक्तिसम्बन्धी छ । सामान्य प्रशासनले विज्ञहरूसहितको रायसुझावका आधारमा प्रदेश प्रमुखको नियुक्तिको मापदण्ड र आधार बनाएको छ । तेस्रो प्रस्ताव प्रदेश सञ्चालनका लागि आवश्यक पूर्वाधार र कर्मचारी संरचनाबारे छ । त्यसमा प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रदेशसभाको कार्यालय प्रस्तावित छन् । अर्को प्रस्ताव प्रदेशका मन्त्रालयसम्बन्धी छ ।

जसअनुसार प्रत्येक प्रदेशमा गृह, अर्थ, पूर्वाधार विकास, कृषि तथा भूमि व्यवस्थापन, वन, विज्ञान तथा वातावरण र शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास गरी ७ मन्त्रालय रहनेछन् । प्रदेश प्रमुखबारे भने सरकारले प्रमुख दलसँगको छलफलबाट टुंगो लगाउने भएको छ । यसका लागि प्रधानमन्त्री शेर बहादुर देउवाले परामर्श थाल्नु भएको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *