चीनमा नयाँ बर्षमा दुई हजार आगलागीका घटना, १५ जनाको मृत्यु

बेइजिङ, चीन, १८ पुस । चीनमा नयाँ वर्ष मनाउने क्रममा तीन दिनमा दुई हजार ६१ आगलागीका घटना भएका र त्यसमा परी १५ जनाको मृत्यु भएको अग्नी नियन्त्रण अधिकारीले मङ्गलवार जनाएका छन् । चीनमा नयाँ वर्ष मनाउन शनिवारदेखि तीन दिनको बिदा दिइएको थियो ।

आगलागीका कारण २० लाख ८७ हजार अमेरिकी डलरको बराबरको प्रत्यक्ष आर्थिक क्षति भएकोसार्वजनिक सुरक्षा मन्त्रालय अन्तर्गतको अग्नी नियन्त्रण विभागको तथ्याङ्क छ । नयाँ वर्षको समयमा ठुला खालका आगलागीका घटना भने नभएको विभागले जनाएको छ ।

विभागले नयाँ वर्ष मनाउने क्रममा हुनसक्ने आगलागीका घटनालाई रोक्न तथा नियन्त्रण गर्न सावधानी गराइएको थियो भने ठुलो सङ्ख्यामा अग्नी नियन्त्रकलाई सक्रिय तुल्याइएको थियो ।

आगलागीका घटना हुनसक्ने सार्वजनिक स्थान, भीडभाड हुने सडक क्षेत्र, मनोरञ्जनका कार्यक्रम गरिने स्थानहरू र किनमेलका लागि भीड हुने ठुला व्यापारिक महलमा सावधानी अपनाइएकाले ठुलो क्षति नभएको विभागले जारी गरेको विज्ञप्तिमा छ ।

चीनभर उत्त समयमा ६३ हजार ८०० जना अग्नी नियन्त्रक खटाइएको थियो । सो अवधिमा आगलागीका घटनामा फसेका ७२६ जनालाई उद्धार गरिएको थियो भने चार करोड ४० लाख बराबरको धन सम्पत्तिको सुरक्षा गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *