प्रहरीले कार्यालयमा बस्न नदिएको र महिलाहरुलाई जिस्क्याएको भन्दै प्रदर्शन

सिरहाबाट छनोट भई सप्तरीमा खटिएका म्यादी प्रहरीले बुधबार इलाका प्रहरी कार्यालय लहान अगाडि प्रदर्शन गरेका छन् । आफूहरुलाई काममा खटिंदा खाना र बस्न नदिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

 

म्यादी प्रहरीका लागि सरकारले उपलब्ध गराएको पोसाकमै जिल्ला प्रहरी कार्यालय सिरहा अगाडि उनीहरुले प्रदर्शन गरेका थिए ।

सिरहामा छनोट भइ सप्तरीमा खटिएका मध्ये ८० जना म्यादीले प्रदर्शन गरेको बताइएको छ ।

उनीहरुले आफूहरुलाई एक जिल्लामा छनोट गरेर अर्कै जिल्लामा पठाएर विभेद गरेको आरोप लगाए ।

उनीहरु जिल्ला प्रहरी कार्यालय सप्तरी अन्तर्गत इलाका प्रहरी कार्यालय रुपनी, कल्याणपुर लगायतमा खटिएका थिए ।

सप्तरी स्थित इलाका प्रहरी कार्यालय रुपनीबाट करिब २५ किलोमिटर दूरी पार गर्दै म्यादी प्रहरी पैदलै इलाका प्रहरी कार्यालय लहान आइपुगेका थिए ।

आफूहरुलाई प्रहरीले कार्यालयमा बस्न नदिएको, खानका लागि ‘जहाँ मन लाग्छ त्यही जाउँ’ भनेर हप्काउने गरेको एक म्यादी प्रहरीले बताए ।

नेपाल प्रहरीले म्यादी प्रहरीमा खटिएका महिलाहरुलाई जिस्क्याउने गरेको, ड्युटीमा खटिंदा नेपाल प्रहरीसँगै नगएको लगायतका आरोप उनीहरुको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + four =