चिसोले मुगुको जनजीवन कष्टकर बन्दै 

मुगु, पुस २५ । केहि दिनयता देशैभर तापक्रम घटेका बेला मुगुमा पनि अत्यधिक चिसोले जनजीवन प्रभावित भएको छ । मौसममा आएको बदलिका कारण चिसो बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ । चिसोका कारण हिडडुल गर्नसमेत समस्या भएपछि स्थानीय आगो तापेर दिन काटिरहेका छन् ।

मुगुसहित यतिबेला हुम्ला, जुम्ला, डोल्पा र कालिकोटमा अत्यिधिक चिसो छ । चिसोका कारण जिल्ला अस्पतालमा रुघाखोकी,निमोनिया र दमका बिरामी बढेका छन् । यो समयमा स्वास्थ्यको विशेष ख्याल गर्न चिकित्सकहरुले आग्रह गरेका छन् । तातो तथा झोलिलो पदार्थ वढि पिउन र न्यानो कपडा लगाएर बस्न उनीहरुको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *