अनेरास्ववियु विद्यार्थी र प्रहरीबीच त्रिचन्द्र क्याम्पस अगाडि झडप

पुस १८, काठमाडौँ । इन्धनमा गरिएको मूल्य बृद्धिबिरुद्ध आन्दोलनमा उत्रिएको नेकपा एमाले सम्बद्ध अनेरास्ववियुका विद्यार्थी र प्रहरीबीच त्रिचन्द्र क्याम्पस अगाडि झडप भएको छ ।

सडक बन्द गरी नाराबाजी गरिरहेका आन्दोलनकारी विद्यार्थी माथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

झडपमा अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौला लगायत दर्जनौं विद्यार्थी नेता कार्यकर्ता घाइते भएका छन् ।

आक्रोशित विद्यार्थीहरूले प्रधानमन्त्री देउवा, प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव र इन्धनमा गरिएको मूल्यबृद्धि विरुद्ध चर्का नारा लगाइरहेका छन् । सरकारले हिजोमात्र पेट्रोलियन पदार्थ र खाना पकाउने ग्यासमा मूल्यबृद्धि गर्ने निर्णय गरेको थियो ।

सचिव लामिछानेले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्पक्षेपको विरोध गर्दै आन्दोलन अझै सशक्त बनाइने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *