२६ वर्षमा नभएको काम ५ वर्षमा गरेर देखाउने भगवती चौधरीको दाबी

मङ्सिर ३, सुनसरी । सुनसरी क्षेत्र नम्बर तीनमा वाम गठबन्धनकी साझा उम्मेदवार भगवति चौधरीले सुनसरी ३ को नेतृत्व महिलाले गर्ने दाबी गरेकी छन् । बाम गठबन्धनले गढीको छिटाहामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुनसरी ३ को विकास र सम्वृद्धिको कुशल ब्यवस्थापनकालागि जनताले आफूलाई रोज्नेमा ढुक्क रहेको बताइन् ।

उनले क्षेत्र नम्बर तिनको विकास र सम्वृद्धिका लागि कुनै कसर बाँकी नराखी काम गर्ने प्रतिबद्धता जनाइन । उनले यस क्षेत्रबाट पटक पटक चुनाव जितेर उपप्रधानमन्त्री र मन्त्री भए पनि जनताका लागि विजय कुमार गच्छेदारले केही काम नगरेको आरोप लगाइन । विपक्षीले भगवति चौधरी महिला भएकाले महिलाले केही पनि गर्न नसक्ने र नेतृत्व लिन नसक्ने बताएको भन्दै २६ वर्षमा हुन नसकेको विकासको काम ५ वर्षमा गरेर नारीशक्तिले उदाहरण प्रस्तुत गर्ने प्रतिबद्धता जनाइन । उनले सत्तासिन व्यक्तिबाट महिलाका सम्बन्धमा त्यस किसिमका गलत विचार र भावनाहरू प्रचार गर्नु दुर्भाग्य भएको बताइन् । चौधरीले महिला भएकोमा आफूमा गर्व रहेको समेत बताएकी थिइन् ।

उनले आजै छिटाहा र ईटहरीको नरभसामा आयोजित कार्यक्रमलाई समेत सम्बाेधन गरिन । छिटाहामा नेपाली काँग्रेस गरित्याग गरी अनिल मुडियारी र कुशेश्वर मण्डलको नेतृत्वमा ८० जना र ईटहरीको नरभसाबाट नेपाली काँग्रेस परित्याग गरी रुकमैन चौधरीको नेतृत्वमा ७० जना नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । एमाले प्रवेश गर्ने व्यक्तिहरूले सुनसरी क्षेत्र नम्बर तीनको सम्वृद्धि र विकास भगवति चौधरीको नेतृत्वमा मात्र हुन सक्ने विश्वासमा एमाले प्रवेश गरेको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *