बाँदरलाई हानेको गोली लागेर पाल्पामा एकको मृत्यु

पाल्पा, पुस १८ । पाल्पामा बाँदरलाई हानेको गोली लागेर एकजनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–६ मस्यामको छत्तीवन जंगलमा ३६ वर्षका बलबहादुर लम्तरीले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर छिमेकी ६२ वर्षका धनबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक चन्द्रबहादुर थापा मगरले जानकारी दिनुभयो ।

धनबहादुरको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ । गोली हान्ने बलबहादुरलाई भरुवा बन्दुकसहित पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *