‘यती यती पानी सँगै रानी…’

काठमाडौं । नेपाली कथानक चलचित्र ‘कृ’ को नयाँ गीत सार्वजनिक गरिएको छ । अनमोल केसी स्टारर ‘कृ’ ले अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्या पारेर आइतबार नयाँ गीत सार्वजनिक गरहेको हो ।

गीतको बोल ‘यती यती पानी सँगै रानी…’ रहेको छ । गीत क्लबमा खिचिएको छ ।

अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर रहेको गीतमा शब्द तथा संगीत राजेन्द्र भट्टको छ । भिडियोको कोरियोग्राफी रेनशा वान्तवा राईले गरेकी छन् ।


गीत युट्युब ट्रेन्डिङमा परिसकको छ । अहिले यो गीत चार नम्बर ट्रेन्डिङमा छ ।

माघ २६ गतेबाट अल नेपाल प्रदर्शनमा आउने चलचित्रमा अनमोलसँग अदिती बुढाथोकीले अनस्क्रिन रोमान्स गर्दै्छिन् । अनमोल र अदितीसँगै अनुप विक्रम शाही लगायतका कलाकारले ‘कृ’ मा अभिनय गरेका छन् ।

 

 

https://youtu.be/VI-SLkla-ts”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *