अन्तिम मिनेटको गोलले आर्सनल बराबरीमा

काठमाडौं, पुस १७ । आर्सनल इंग्लिश प्रिमियर लिग फुटबलमा बराबरीमा रोकिएको छ। गएराति भएको खेलमा आर्सनल रेलिगेसन जोनको वेष्ट ब्रुमसँग १-१ गोलको बराबरीमा रोकिएको हो।

आर्सनल बराबरीमा रोकिए पनि उसले गोल भने गरेन। आर्सनलका लागि पनि वेष्ट ब्रोमका खेलाडीले आत्मघाती गोल उपहार दिए।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा आर्सनलले आत्मघाती गोलबाट सुरुवाती अग्रता बनाएको थियो । खेलको अन्तिम ७ मिनेट बाँकी हुने बेलासम्म दुवै तर्फबाट गोल हुन सकेको थिएन । तर ८३ औँ मिनेटमा वेष्ट ब्रोमका जेम्स म्याकक्लिनले आत्मघाती गोल गरेर आर्सनललाई अग्रता दिलाएका थिए।

एलेक्सिस सान्चेजको फ्रिकिक म्याक्लिनलाई लाग्दै गोल हुन् पुगेको थियो । तर, खेलको अन्तिम समयमा वेष्ट ब्रुमले बिबादास्पद पेनाल्टी पायो । पेनाल्टीमा वेष्ट ब्रुमका जे रोड्रिगेजले गोल गर्दै टोलीलाई हारबाट जोगाए।

आर्सनलका किरण गिब्सले पेनाल्टी एरियामा ह्यान्ड गरेपछि वेष्ट ब्रुमले पेनाल्टी पाएको थियो ।

बराबरीपछि पाँचौ स्थानमा उक्लिएको आर्सनलले ३८ अंक भएको छ। रेलिगेसन जोनमा रहेको वेष्ट ब्रुमको १६ अंक छ। लिगको शीर्ष स्थानमा म्यानचेस्टर सिटीको ५९ अंक र दोस्रो स्थानमा रहेको चेल्सीको ४५ अंक छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *