पूर्वाञ्चलमा एक बर्षको अवधीमा ६० को हत्या

विराटनगर, पुस १७ । पूर्वाञ्चलमा यस वर्ष ६० जनाको हत्या भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा आयोजित पूर्वाञ्चलमा मानवअधिकारको अवस्था सार्वजनिकीकरण कार्यक्रममा जनवरी १ देखि डिसेम्बर महिना ९२०७३ साल पुस १७ देखि २०७४ पुस १० गते०सम्ममा उक्त हत्या भएको तथ्याङक प्रस्तुत गरिएको छ ।

उक्त अवधिमा गैरराज्यपक्षबाट २५ महिला र २९ पुरुष गरी ५४ जनाको हत्या भएको छ भने राज्यपक्षबाट ६ जना पुरुषको हत्या भएको जनाएको छ । एक वर्षको अवधिमा मानवअधिकार हनन र ज्यादतीका एक हजार ५९ जना पीडित भएको छ । तीमध्ये राज्यपक्षबाट ५३ पुरुष र तीन महिला गरी ५६ जना र गैरराज्यपक्षबाट ८३८ महिला र १०८ पुरुष गरी एक हजार तीनजना पीडित भएको प्रस्तुत तथ्याङकमा उल्लेख छ ।

यस्तै सो अवधिमा बलात्कारको घटनामा १०१ महिला पीडित भएका छन् भने बलात्कारको प्रयासबाट ५४, यौनजन्य दुव्र्यवहारबाट २८, बहुविवाहमा ६८, मानव बेचबिखनमा २०, बोक्सीको आरोपमा अमानवीय व्यवहारवाट पाँच र घरेलु हिंसाबाट २६७ जना महिला पीडित भएको उल्लेख छ ।

सो अवसरमा राष्ट्रिय मानवअधिकार आयोग पूर्वाञ्चलका निर्देशक मञ्जु खतिवडाले मानवअधिकारको उल्लंघनको घटना वृद्धि हुनु चिन्ताको विषय भएको बताउँदै यसलाई न्यूनीकरण गर्न सबैको ध्यान जानुपर्नेमा जोड दिइन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले राज्यले स्रोत र साधनको अधिकतम प्रयोग गरी मानवअधिकार संरक्षणका लागि कार्य गरिरहेको चर्चा गर्दै वर्तमान संविधान मानवअधिकार मैत्री रहेको धारणा व्यक्त गरे ।

इन्सेकका पूर्वाञ्चल संयोजक सोमराज थापाको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका सभापति बन्धु पोखरेल र इन्सेक मोरङका प्रतिनिधि इन्दिरा भट्टराईले पूर्वाञ्चलमा मानवअधिकार उल्लंघनका भएका घटनाको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *