कपिलबस्तुमा साँढे आतंक, बालिकाको मृत्यु, दशजना घाईते

कपिलवस्तु, पुस १६ । कपिलबस्तुको महाराजगञ्ज नगरपालिकामा साँढेले आतंक मच्चाएको छ । साँढेको अक्रमणबाट महाराजगञ्ज वडा नं ३ का द्वारिका गुप्ताकी १३ वर्षीया छोरी जानकीको मृत्यु भएको छ ।

साँढेको आक्रमणबाट महाराजगञ्ज चमरसठमा दुई महिला घाइते भएका छन् । आक्रमणबाट गौडहवामा पनि चार जना घाइते भएको इलाका प्रहरी कार्यालय महाराजगञ्जले जनाएको छ । यस्तै, बगाहियाका सुसु भनिनेको ढाड भाँच्चिएपछि भारतको लखनउमा उपचार भइरहेको छ ।

स्थानीयवासी बृजेश यादवले एक हप्तादेखि साँढेले महाराजगञ्ज आसपासमा आतंक मच्चाएको जानकारी दिए ।  साँढेले बाटामा हिँडडुल गरेका जो कोहीलाई पनि अक्रमण गर्ने गरेको छ । अहिलेसम्म १०भन्दा बढी स्थानीयवासी घाइते भएका छन् । नगरपालिकाले साँढे नियन्त्रण गर्न प्रहरी, पशुसेवा कार्यालयका कर्मचारीलगायतलाई परिचालन गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *