इरानमा मूल्यबृद्धि बिरुद्ध गरिएको प्रदर्शनका क्रममा दुई प्रदर्शनकारी मारिए

काठमाडौं, पुस १६ । इरानमा मूल्यबृद्धि बिरुद्ध गरिएको प्रदर्शनका क्रममा दुई प्रदर्शनकारी मारिएका छन् । इरानको राजधानी तेहरानसहित देशका बिभिन्न भागमा गरिएको प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा उनीहरु मारिएका हुन् । प्रदर्शनकै क्रममा ५० भन्दा बढी पक्राउ परेका छन् । प्रदर्शनमा उत्रेका दशौं हजार प्रदर्शनकारीले राष्ट्रपति हसन रुहानीको राजीनामा माग गर्दै नाराबाजी गरेका छन् ।

राष्ट्रपतिले भने तीन दिनयता जारी प्रदर्शनमा सामेल नहुन चेतावनी दिएका छन् । प्रदर्शनकारीले भने अबैधानिक आर्थिक संस्थाका कारण मूल्यबृद्धी आकाशिएको भन्दै राष्ट्रपतिले राजीनामा नदिएसम्म विरोध कायम रहने जनाएका छन् । इरानी अधिकारीहरुले भने प्रदर्शनकारीविरुद्ध कठोर रुपमा प्रस्तुत हुने जनाएका छन् ।

यता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरान सरकारलाई जनताको सम्बोधनको माग गर्न सुझाव दिनुभएको छ । ट्रम्पले इरानमा प्रदर्शन चर्केकामा अमेरिकाको ध्यानाकर्षण भएको भन्दै जनताको अधिकारको सम्मान गर्न आग्रह गर्नुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *