इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सी दोस्रो स्थानमा

काठमाडौं, पुस १६ । स्टोक सिटीलाई ५–० ले हराउँदै चेल्सी इङ्गलिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । आफ्नै मैदानमा गएराति भएको खेलमा चेल्सीलाई विजयी गराउन एन्टोनियो रुडिगर, पेड्रो, विलियन, ड्यानी ड्र्ङ्िकवाटर र जापाकोष्टाले एक एक गोल गर्नुभयो ।

जितसँगै चेल्सीले दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडलाई उछिनेको छ । म्यान्चेस्टर युनाईटेडलाई गएराती साउथह्याम्पटनले गोलरहित बराबरीमा रोकेको हो । प्रिमियर लिग अन्तर्गतको अर्को खेलमा लिभरपूलले लेष्टर सिटीलाई २–१ ले हराउँदा बर्नमाउथले एभर्टनमाथि पनि समान २–१ कै जित निकालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *