भारतीय एसएसवीको दादागिरीः नेपालकै भूमिमा सडक बनाउन रोक

कञ्चनपुर, माघ १४ ।  कञ्चनपुरको दक्षिणी भेग स्थित बेलौरी नगरपालिकाको सडकघाटमा नेपाली पक्षले निर्माण शुरु गरेको सडक निर्माण कार्य भारतीय सीमा सुरक्षा बल एसएसबीले रोक लगाएको छ ।
नेपाल–भारत सीमा क्षेत्रमा निरन्तरको बिवाद खेप्दै आएको कञ्चनपुर जिल्लाको दक्षिणी भेग पुनर्वासको आनन्दबजार स्थित नेपाल–भारत सीमा क्षेत्रको बिवाद घटनाको वर्ष दिन नपुग्दै बेलौरी नगरपालिकाको सडकघाटमा पुनः अर्को बिवाद शुरु भएको छ । बेलौरी नगरपालिका–१० स्थित सडकघाट देखि सीमावर्ती भारतीय गाउँ कम्पोजनगर जाने सडक नगरपालिकाको बजेटमा माटो भरानको काम हुँदै गर्दा भारतीय सीमा सुरक्षा बल एसएसबीले निर्माणमा शनिबारदेखि रोक लगाएको छ ।
नेपाल–भारत सीमा स्तम्भ नम्बर ३४ देखि करिब ५०० मिटर पश्चिम तर्फ निर्माण हुँदै गरेको सडकको काम दशगजा क्षेत्रमा पर्ने भन्दै एसएसबीले निर्माणमा रोक लगाएको स्थानीयले बताएका छन्। नगरपालिकाको बजेटमा निर्माण हुँदै गरेको उक्त सडक नेपाली भुमिमै पर्ने भए पनि संयुक्त सीमा सर्वे टोलिले सीमा नछुट्याए सम्म निर्माण कार्य नगर्न भन्दै भारतीय पक्षले निर्माणकार्य रोकेको हो । बेलौरी नगरपालिकाको ८ लाख र स्थानीयको १लाख ६० हजारको लागतमा उक्त सडक निर्माणकार्य शुरु गरिएको थियो । नेपाली पक्षले आफ्नै भुमिमा सडक बनाउन लाग्दा रोक्न खोज्नु एसएसबीको दादागिरी भएको स्थानीयको भनाई छ । ‘
भारतीयहरुले दशगजा मिच्दा पनि नदेख्ने तर नेपालीले आफ्नै क्षेत्रमा सडक बनाउदा रोक्नुको अर्थ सीमा अतिक्रमणको प्रयास भएको छ ।’ बेनपा–१० सडकघाटका स्थानिय कालू चन्दले भने । सटकघाटका स्थानिय बिबेक लम्सालले नेपाल–भारतको वास्तविक दशगजा निर्माणाधीन सडक भन्दा झण्डै ५०० मिटर दक्षिण तर्फ भए पनि सो स्थानबाट धेरै वर सडक बनाउदा रोक लगाउन खोज्नु अनुचित र अतिक्रमणको प्रयास भएको बताए ।
बिवादको खबर पाएर बिवादित क्षेत्रमा पुगेका सशस्त्र प्रहरीको सिमा सुरक्षा बल बेलौरीका सशस्त्र प्रहरी निरीक्षक भिमसिह थापाले खबर पाउना साथ उक्त क्षेत्रमा पुगेको बताउँदै भारतीय सीमा सुरक्षा बल एसएसबीले सीमा बिवाद हल गर्न खटिएको संयुक्त सीमा सर्वे टोलिले सिमाङ्कनको टुंगो नलगाए सम्म निर्माण नगर्न भनेको बताए । अहिले उक्त सडकको काम अन्यौल बनेको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *