पोखरा बृहत सरसफाई ८३ औ हप्ता


“
पोखरा, पुस १५ । करिब २० महिना पहिले थालिएको पोखरा उपत्यका बृहत सफाइ अभियान अन्तर्गतको ८३ औं श्रृङखलाको अवसरमा पोखरा लेखनाथ वडा नम्वर ७ स्थित शान्ति नगरचोकलाई पूर्ण सरसफाई क्षेत्र घोषणा गरिएको छ। शनिबार पर्यटकीय क्षेत्र लेकसाइडसंग जोडिएको वडा नम्वर ७ मा सरसफाई गरी पूर्ण सरसफाई क्षेत्र घोषणा गरिएको हो ।
अभियानको ८३ औं श्रृंखला अन्तर्गत वडा कार्यालय र विभिन्न संघसंस्थाको सहयोगमा पूर्ण सरसफाइ क्षेत्र घोषणा गरिएको हो । अव कुनै पनि फोहोर मैला निश्चित क्षेत्रबाहेक जथाभावी फाल्न नपाइने अभियान्ता अन्जु क्षेत्रीले बताईन्। ‘अब,जथाभावी फोहोर फालेको पाइए कडा कारबाही हुनेछ’ उनले भनिन्। ‘सवै मिलेर महानगरलाई स्वच्छ सुन्दर र हराभरा बनाउनु पर्छ।’
यसअघि ८२ औ श्रृंखलामा पर्यटकीय क्षेत्र ड्यामसलाईमा राष्टबैकचोकलाई पूर्ण सरसफाइ क्षेत्र घोषणा गरिएको थियो । हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयंसेवा भन्ने नाराका साथ जारी सरसफाई अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न संघसंस्थाहरुको सहभागीता रहने गरेको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जानकारी दिए ।
।
“
