कविशिरोमणिको जन्मजयन्तीमा दुई स्रष्टा सम्मानित

भरतपुर, पुस १५ । चितवनका करिब एक सय स्रष्टाहरुले शनिबार कविशिरोमणि लेखनाथ पौड्याललाई सम्झेका छन् । १० जनाभन्दा बढी स्रष्टाले पौड्यालको रचना वाचन गरेका छन् । कवि पौड्याललाई सम्झने अवसर चितवन साहित्य परिषद् (चिसाप) ले जुराइदिएको हो ।

साहित्य परिषदले शनिबार कविशिरोमणि लेखनाथ पौड्यालको १३४ औं जन्मजयन्ती दुई स्रष्टालाई सम्मान गर्दै मनाएको हो । नारायणगढको आनन्दमार्गमा रहेको परिषदको सभाहलमा दुई स्रष्टा सम्मानित भए । साहित्यकार दिपेन्द्रसिंह थापा ‘सहयात्री शव्दहरु’ कविता सङ्ग्रहबाट सम्मानित भएका हुन् । अर्का साहित्यकार ‘बतासा’ कथा सङ्ग्रहबाट सम्मानित भए ।

दुबैजनालाई नगद ५/५ हजार, सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मानित गरिएको परिषदका अध्यक्ष सुरेन्द्र अस्तफलले जानकारी दिए ।

कार्यक्रममा कविशिरोमणि पौड्यालको स्थानको बारेमा डा नारायण खनालले कार्यपत्र प्रस्तुत गरेका थिए । साहित्यकारहरु श्याम सुवेदी, मनिष गौतम, प्रज्ज्वल खरेल, ऋषिराम पौडेल, प्रभाकर घिमिरे, सुचित्रा बमलगायतले कविशिरोमणि पौड्यालको कवितालाई सस्वर वाचन गरेका थिए ।

साहित्यकार तथा सम्मानित भएका थापाको बारेमा गणेश श्रमणले र ढुंगानाको बारेमा धनराज गिरीले सारगर्भित भनाइ राखेका थिए । चिसापका अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ गीतकार प्रेमविनोद नन्दन प्रमुख अतिथि थिए । कार्यक्रममा गोविन्दराज विनोदी, श्यामजी अतिथि, नवराज ढुंगानालगायतले मन्तव्य दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *