कांग्रेसका पूर्व सांसदहरुको भेलामा नेतृत्वको आलोचना

काठमाडौं, पुस १५ । नेपाली कांग्रेसका पूर्व सांसदहरुले नेतृत्वमा पुगेकाहरुमा उपभोक्तावादी चरित्र हावी हुदै गएका कारण पार्टीले पराजय भोग्नुपरेको बताएका छन् ।

सिंहदरबारमा भेला भएका सहभागीले पार्टी भित्र लोकतान्त्रिक संस्कृति भन्दा उपभोक्तावादी संस्कृति हावी भएकाले निर्वाचनमा नराम्रो संग पराजय व्यहोर्नुपरेको बताएका हुन् । जसरी पनि पद प्राप्ती गर्ने, सत्तामा पुग्ने, सम्पत्ति आर्जन गर्ने र माथि पुगेपछि आफ्नालाई मात्रै स्थापित गर्दै लैजाने चरित्र पार्टीमा स्थापित हुदै गएको भन्दै नेतृत्वको ध्यानाकर्षण गरेका छन् ।

पूर्व सांसद होमराज दाहालले जनजीविका र जनसुविधाका व्यवहारिक नारा बनाउनुपर्नेमा सैद्धान्तिक नारा मात्रै बनाएकाले जनताले पार्टीको कार्यशैली र नारालाई नै नरुचाएको दाबी गरे । अर्का पूर्वसांसद ओमकार प्रसाद श्रेष्ठले सामूहिक नेतृत्व, सामुहिक जिम्मेदारी र सामुहिक निर्णयबाट नै पार्टी भित्र सुधार आउने भन्दै पुर्नजागरण र आमुल परिर्वतनको खाँचो औल्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *