मनमोहन दुहवी गोल्डकप मंसिर २३ देखि

२०७४ जेठ १५ गते

मंसिर १६, काठमाडौं । सुनसरीको दुहवीमा यही मंसिर २३ गतेदेखि पुस १ गतेसम्म दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
जिल्लाको औद्योगिक नगर दुहवीमा रहेको खेलमैदानमा एलेभन एरोज क्लबको आयोजना तथा मनमोहन स्मृति प्रतिष्ठानको सहयोगमा खेल हुन लागेको हो । प्रतियोगितामा प्रथम हुनेले चार लाख नगद ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप विजेताले दुई लाख नगद ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगितामा नेपालको ए डिभिजनका रमपम झापा–११, चर्च ब्वाइज युनाइटेड काठमाडौँ, आयोजक एलेभन क्लब दुहवी, मनाङ मस्र्याङ्दी क्लब काठमाडौँ, त्रिभुवन आर्मी क्लब काठमाडौँ, मोरङ ११, अग्नी रुपन्देही ११ रुपन्देही र बंगलादेशको मीरपुर एकादेश ढाका क्लबको सहभागिता रहनेछ ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित