चुनाव भएको ३ दिनपछि आज सबै मतपेटिका सदरमुकाम पुगे

काठमाडौं, मंसिर १२ । प्रतिनिधि र प्रदेशसभा पहिलो चरणको चुनाव सम्पन्न भएको तीन दिनपछि सबै मतपेटिका सदरमुकाम आइपुगेका छन् । गत आइतबार भएको मतदानको एक सय १६ मतदान केन्द्रका तीन सय ४८ मतपेटिकाहरु मंगलबार सदरमुकाम खदलंगा आइपुगेका हुन् ।

कालीकोट, जुम्ला र डोल्पाको सिमानासँग जोडिएका दुर्गम मतदान केन्द्रका मतपेटीका पैदल मार्गबाट ल्याउन ३ दिन लागेको बारेकोट प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले बताए ।

विकट मतदान केन्द्रका मतपेटिका पायक पर्ने केन्द्रमा संकलन गरेर एकैसाथ सदरमुकाम खलंगा ल्याउन लाग्दा समस्या भएको प्रजिअ शाहीले बताए । भौगोलिक विकटता र यातायातको पहुँच नहुँदा दुर्गम केन्द्रबाट मतपेटिका सदरमुकामसम्म ल्याउन ढिलाई भएको शाहीले बताए । विप्लव माओबादीको आक्रमणबाट सुरक्षित राख्न मतपेटिका पैदल मार्गबाटै ढुुवानी गरेको उनले बताए ।

कुशेगाउँपालिका, शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका, बारेकोट गाउँपालिका, त्रिबेणी नलगाड नगरपालिका र छेडागार नगरपालिकाअन्तर्गतका केन्द्रका मतपेटिका ल्याउन मतदान अधिकृतलाई कठिनाई भएको शाहीले बताए ।

सबै मतदान केन्द्रका मतपेटिका सुरक्षितसाथ सदरमुकाममा संकलन भएपछि ढुक्क भएको उनले बताए । सदरमुकाममा संकलन भएका प्रतिनिधि र प्रदेश सभा प्रत्यक्ष तर्फका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा र समानुपातिकको भने कार्यालय नजिकै रहेको बृद्धाश्रम केन्द्रको हलमा राखिएको शाहीले बताए ।

‘मतपेटिका राखेको स्थानमा चौबिसै घण्टा सशस्त्र र नेपाल प्रहरीले पहरा दिने गरेकाछन्,’ उनले भने । उम्मेदवारले पनि मतपेटिकाको सुरक्षाका लागि प्रतिनिधि राख्ने गरेको शाहीले बताए ।

मतपेटिकाको निगारानी लागि वाम गठवन्धन र काँग्रेसका नेता कार्यकर्ता पनि सक्रिय रहेको उनले बताए । दोस्रो चरणको निर्वाचन सकिएपछि मात्र मतगणना हुने भएकोले आगामी २१ गतेसम्म  मतपेटिकाको कडा सुरक्षा गरिने शाहीको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + sixteen =