मुसहर बस्तिमा न्यानो कपडा बितरण

काठमाडौं, पुस १५ । करिब दुई सातायता अत्यधिक रुपमा बढ्दै गएको शीतलहर एवं बाक्लो हुस्सुको समयमा न्यानोको अभावमा थरथर काम्दै रात बिताउन बाध्य भएका महोत्तरी गौशाला नगरपालिका–७ महहर्वाका मुसहर समुदायले राहत पाएका छन् ।

शीतलहरबाट बच्नका लागि काठमाडौँस्थित क्षेत्रपाटी निःशुल्क चिकित्सालयले शुक्रबार सो बस्तीमै गएर करिब रु १० लाख बराबरको राहत सामग्री वितरण गरेको छ ।

डा बाबुराम भट्टराई प्रधानमन्त्री भएको समयमा एकरात बिताएका सो बस्तीका गरिब मुसहर समुदायका दर्जनौँ घरपरिवारका सदस्य आर्थिक अभावको कारण न्यानो लुगा कपडा लगाउन पाएका थिएन भने वृद्धवृद्धा रोग पालेर बसेका थिए ।

सो बस्तीमा बसोबास गर्दै आएका १०२ परिवारलाई शीतलहरबाट बच्नका लागि कम्बल, म्याट, ट्रयाकसुट, दन्तमन्जन, चालमजस्ता सामग्री वितरण गरिएको हो । साथै सो बस्तीमा नगदसमेत वितरण गरिएको छ ।  तराई शीतलहरले पीडित रहेको समयमा आफूहरु पहाडबाट आएर सहयोग गर्न पाउँदा धेरै नै हर्षित भएको क्षेत्रपाटी निःशुल्क चिकित्सालय व्यवस्थापन समितिका अध्यक्ष विजयबहादुर मालीले बताउनुभयो । यता राहत सामग्री पाएपछि सो बस्तीमा अहिले खुशीयाली छाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *