कैलालीमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै

कैलाली, भदौ २० । नेपाल परिवार नियोजन संघ कैलालीमा डेढ महिनाको अवधिमा मात्रै ९८ जनाले सुरक्षित गर्भपतन गराएका छन् । जसमा २ जना २० वर्षमुनिका रहेका छन् । गत आर्थिक वर्ष २०७३÷७४मा ८ सय ८७ जनाले सुरक्षित गर्भपतन गराएका थिए ।

नेपाल सरकारले १२ हप्ता सम्मको गर्भलाई गर्भपतन गर्न कानुनी मान्यता दिएको छ । नेपाल परिवार नियोजन संघले एमए ९औषधि प्रयोग गरेर० र एमविए ९मेसिनद्वारा ० गर्भपतन गर्ने गरेको संघका धनगढी शाखा प्रमुख बासुदेव भट्टले जानकारी दिनुभयो । विगतका २÷३ वर्षका तुलनामा ८ देखि १० जनाका दरले मात्र गर्भपतन गराउनेको संख्या बढेको उहाँले बताउनुभयो ।

कम उमेरमा विवाह गर्नाले, विवाह नै नगरी गर्भवति हुनु जस्ता कारणले गर्भपतन गराउनेको संख्या बढेको भट्टले बताउनुभयो । उहाँले कतिपयले असुरक्षित गर्भपतन गराईरहेको बताउदै असुरक्षित गर्भपतनले ज्यान जोखिममा पर्ने भएकाले सुरक्षित गर्भपतन गराउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *