सरकारी बिद्यालयहरुमा पोशाक बितरण गर्न थालेपछि बिद्यार्थीको संख्या बढदै

धरान, पुस १५। सुनसरीको धरानमा सरकारी बिद्यालयहरुमा पोशाक बितरण गर्न थालेपछि बिद्यार्थीको संख्या ह्वातै बढेको छ । धरान–१६ स्थित पञ्चायत आधारभूत विद्यालयमा पोशाकले विद्यार्थी बढ्न थालेको हो ।

विद्यालयले यसअघि चल्दै आएको पोसाक (हरियो रङ्ग) लाई परिवर्तन गरी निजी विद्यालयकै जस्तै गरी छात्रका लागि धर्के सर्ट, पेन्ट, जुत्ता–मोजा, बेल्ट साथै छात्राका लागि सेतो धर्के सर्ट, फ्रक, बेल्ट, जुत्ता–मोजा व्यवस्था गरिएको छ ।

आज विद्यालय प्राङ्गणमा एक कार्यक्रम आयोजना गरी सञ्चारकर्मी तीर्थ कार्कीको संयोजनमा विभिन्न दाताबाट सङ्कलित विद्यालय पोसाक वितरण गरिएको छ ।

मन्टेश्वरी किन्डर गार्डेनका संस्थापक साथै प्रमोटर गौरवमान श्रेष्ठ, धरान आदर्श स्कुलका विज्ञान सङ्कायका संयोजक एवं प्राध्यापक नेत्रप्रसाद सुवेदी, सियोन स्कुलका डाइरेक्टर खड्गबहादुर थापामगर, अमरसेवा समाजकी सचिव शर्मिला राई, धरान–१६ का स्थानीय एवं चित्रकार विक्रम लिम्बूले विद्यालयमै पुगेर पोसाक वितरण गर्दै आर्थिक सहयोग गरे ।

उपस्थित सबैले आफू पनि यस्तै विद्यालयमा अध्ययन गरेको र भित्री मनदेखि नै सहयोगको भावना जागेको बताएका थिए । निःशुल्क पोसाक वितरण, निःशुल्क आकर्षक ब्याग वितरण, शिक्षण सिकाइमा सुधार, शिक्षकहरुकै पनि नियमित उपस्थिति, भविष्यमा गरिने नयाँ–नयाँ कार्यक्रमहरुको प्रभावले विद्यार्थी बढ्दै गएको शिक्षक भट्टराई बताउँछन् ।

पोसाक, ब्याग, जुत्ता–मोजा, बेल्ट आदि वितरण गरेकै कारण अहिले विद्यार्थी सङ्ख्या बढेर ७४ बाट बढेर ८८ जना पुगेको उनको भनाइ छ । यस्तै कार्यक्रमले अहिले विद्यार्थी पनि नियमित उपस्थित हुन थालेका छन् । अहिले ६७ जना विद्यार्थी नियमित आउने गरेको उनको कथन छ ।

शिक्षक भट्टराई थप्छन्, ‘यस वर्षदेखि अङ्ग्रेजी माध्यममा पढाइ थाल्छौं ।’ विद्यार्थी बढाउन खेलकुद, सांस्कृतिक कार्यक्रम, वादविवाद, हाजिरीजवाफजस्ता अतिरिक्त क्रियाकलापमा ध्यान दिने, जुत्ता, मोजा नहुनेलाई निःशुल्क वितरण, विद्यालयका जीर्ण भवनलाई मर्मतसम्भार, रङ्गरोगन, शुद्ध पिउने पानी, खेलकुदका सामग्री खरिद, बाल क्लब गठन, विद्यार्थीको अनुशासन सुधार्न पोसाक, कपाल नियमित कटान, स्वास्थ्य, संस्कारमा ध्यान दिने विद्यालयले जनाएको छ । आगामी शैक्षिक सत्रसम्ममा करिब ३ सय विद्यार्थी पु¥याउन अभियानकै रुपमा लाग्ने बिद्यालयका शिक्षकहरुको भनाइ छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *