इरानमा सरकार विरुद्ध विरोधमा प्रदर्शन, सामाजिक संजालबाटै एकजुट हुन आब्हान

काठमाडौं, पुस १५ । इरानमा सरकारको विरोधमा व्यापक प्रदर्शन गरिएको छ । विहीवारदेखि सुरु भएको प्रदर्शनले शुक्रवार झन् ठूलो आकार लिएको थियो ।

देशका प्रमुख शहरहरुमा फैलिएको प्रदर्शनको शुरुवात बढ्दो महँगीका विरोधमा भएको थियो । अब यो मुस्लिम धार्मिक नेताको शासनविरुद्ध केन्द्रित देखिएको छ ।

राजधानी तेहरानबाट प्रदर्शनमा संलग्न थुप्रैंलाई पक्राउ गरिएको छ । सन् २००९ मा भएको विवादास्पद निर्वाचनपछि यो नै ठूलो प्रदर्शन भएको बताइएको छ ।

सरकारले भने अवैध ढंगले भेला हुन नपाइने भन्दै आदेश जारी गरेको छ । यद्यपि, सामाजिक सञ्जालबाट प्रदर्शनमा जुटन अपील गरिएको छ । (एजेन्सी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *