कपिलबस्तुमा बम विस्फोट, ९ जना घाइते चारको अवस्था गम्भीर

२०७४ जेठ १५ गते

कपिलबस्तु । कपिलबस्तुको बाणगंगा नगरपालिका ४ गजेहडामा बम विस्फोट भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानलद्वारा उम्मेदवारी दर्ता भइरहेको बेलामा विस्फोट भएको प्रहरीले जनाएको छ ।
बिस्फोटमा परी ९ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि अस्पतालमा लगिएको छ । विस्फोटमा घाइते भएका अधिकांश कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता रहेको प्रहरी नायव निरीक्षक प्रकाश केसीले जानकारी दिनुभयो ।
उनीहरु मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते हुनेमा विजय थारु, साहबुद्दिन मनिहार, शेषराम गुप्ता र लालबहादुर थारू रहेको केसीले बताउनु भयो ।
विस्फोट बाणगंगा नगरपालिकाको कार्यालय नजिकै भएको हो । बम विस्फोट विप्लव समूहले गराएको प्रहरीले आशंका गरेको छ ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित