सुनसरीमा ट्याक्टर दुर्घटना, एकको मृत्यु, एक गम्भीर

इनरुवा, जेठ–१४ ।
जिल्लाको इनरुवा–९ बबियामा शुक्रवार साझ ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा बबिया–९ बस्ने सजार खा“ रहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ । सोही घटनामा परी स्थानीय सरुख खाँ गम्भीर घाइते भएका छन् ।

बबिया शुक्रबारे हाटबाट सत्तैरझोरा जाँदै गरेको को २ त २७६८ नंको ट्याक्टर अनियन्त्रित भई होली पुलमा दुर्घटना हुँदा सजार र सरुख गम्भीर घाइते भएका तथा उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएकोमा उपचारका क्रममा सजारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही घटनामा परी गम्भीर घाइते भएका सरुखको ढाड र खुट्टामा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − three =