प्रदेश सभा सदस्यमा पूर्व गृहमन्त्री जनार्दन शर्माकी भाइ बुहारीसहित ३५ जनाको टोली भर्ती !

काठमाडौं, पुष १४ । माओवादी केन्द्रले प्रदेशसभाका ३५ समानुपातिक प्रदेशसभा सदस्यको टुङ्गो लगाएको छ ।

सदस्यमा छनौट हुनेहरुमा नेताका पत्नी, छोरीदेखि भर्खर पार्टी प्रवेश गर्नेहरु रहेका छन् ।

तीन नम्बर प्रदेशबाट प्रदेशसभा सदस्यमा माओवादी केन्द्रका नेता झक्कु सुवेदीका छोरी भावना सुवेदी चुनिएका छन् । प्रदेश ३ कै प्रदेशसभा सदस्यमा दोलखाका आङदेण्डी लामा चुनिएका छन् । उनी चुनाव अघि मात्र माओवादी प्रवेश गरेका थिए ।

प्रदेश ६ को समानुपातिकमा परेकी पुष्पा घर्ती विष्ट चुनिएका छन् उनी पूर्वसासद नरबहादुर विष्टकी श्रीमती हुन् । त्यस्तै, यहाँ देखिएको कृष्णा शाह आचार्य नेता रामदीप आचार्यकी श्रीमति हुन् । यता, विमला केसी पूर्वगृहमन्त्री जनार्दन शर्माकी भाइ बुहारी (जेठोबुवाको छोराकी श्रीमती) हुन् ।

हेर्नुहोस् प्रदेशसभा समानुपातिकमा चुनिएका प्रदेशसभा सदस्य

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *