विजयी वडाध्यक्षलाई काम नगर्न आदेश

२०७४ जेठ १५ गते

किशोर खनाल । भरतपुर । भरतपुर महानगरपालिकाको वडा नं ४ र ७ मा विजयी भएका वडाध्यक्षलाई तत्काल कामकाज नगर्न उच्च अदालत पाटन इजलास हेटौंडाले आदेश दिएको छ । मुद्दाको अन्तिम टुंगो नलागेसम्म वडा नम्बर ४ र ७ का विजयी वडाध्यक्षलाई सपथ नगर्नू र अध्यक्षको हैसियतले कुनै काम पनि नगर्नु भनी आदेश भएको अधिवक्ता गोपालकृष्ण घिमिरेले बताए ।
आइतबार न्यायाधीश बाबुराम रेग्मीको एकल इजलासले विपक्षीको लिखित जवाफ आएपछि पुनर्विचार हुने गरी तत्कालका लागि सपथ ग्रहण र कामकाज नगर्न भनी आदेश सुनाएको अधिवक्ता घिमिरेको भनाइ थियो । वडा नम्वर ४ मा नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार हरिप्रसाद आचार्यले कांग्रेसका उम्मेवार उपेन्द्रराज सापकोटालाई ७ मतले र वडा नम्वर ७ मा एमालेकै राजेन्द्रमणि काफ्लेले कांग्रेसका श्यामप्रसाद लामिछानेलाई १४ मतले पराजित गरेका थिए ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित