२० हजार मौरीसँग लभ गर्ने युवती !


एजेन्सी । यो संसारमा अचम्म अचम्ममा मानिसहरू छन् । कसै कसैले गर्ने हर्कतले हैरान समेत बनाउने गर्छ । सामाजिक सञ्जालमा अहिले एक गर्भवती महिलाको तस्बिर भाइरल भइरहेको छ । अमेरिकामा बस्ने एमिली मुलर नामकी ३३ वर्षीया महिलाले अनौठो खालको फोटोशूट गराएकी छिन् ।
एमिली गर्भवती छिन् । उनले आफ्नो पेट र हातमा मौरीलाई राखेर फोटोशूट गराएकी छिन् । आफ्नो चौथो बच्चालाई जन्म दिने तयारीमा रहेकी उनले हरियो घाँसमा बसेर फोटो खिचाएकी छिन् । २० हजार मौरीहरुसँग फोटो खिचाउँदा पनि उनको अनुहारमा हाँसो देख्न सकिन्छ । मौरी व्यवसायी एमिली मुलर मह बेच्ने एक कम्पनीकी बोस हुन् । उनको कम्पनीको नाम मुलर हनी बी कम्पनी हो जसले मानिसहरूलाई मह र त्यसबाट बन्ने ओषधी बेच्ने गर्छ ।
मुलरको फोटोशूट ओहियो निवासी तथा फोटोग्राफर केन्द्राह दामिशले गरेका हुन् । फोटोशूटपछि मुलरले मौरीले जिन्दगी र मृत्युको प्रतिनिधित्व गर्ने बताएकी छिन् । नोभेम्बरमा आफ्नो बच्चालाई जन्म दिनेवाली मुलरले फोटोशूटपछि यो प्रकृतिसँग जोडिने राम्रो तरिका भएको बताइन् । यसबाट मानिसलाई मौरीप्रति सावधानी अपनाउन मद्दत मिल्नेछ र यसबाट मौरीहरु डरलाग्दो नभएर कति कोमल हुन्छन् भन्ने कुरा समेत पत्ता लाग्छ ।
