बालुवाटारमा समानुपातिक सांसदको नाम जुराइदैँ !

काठमाडौं,पुष १४। प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक चलिरहेको छ । शुक्रबार बिहान ८ बजेका लागि बोलाइएको कार्य सम्पादन समितिको बैठक ढिलो सुरु भएको थियो ।

बैठक बिहान साढे १० बाट सुरु भएको प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् ।

 

उनका अनुसार शुक्रबार समानुपातिक तर्फका सांसदको नाम बुझाउने अन्तिम दिन भएकाले त्यसैबारे छलफल गर्न सभापति देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । संयोजक परियारका अनुसार प्रधानमन्त्री देउवाले जसरी भए पनि आजै समानुपातिक तर्फका सांसदहरुको नाम बुझाउन सुझाव समेत दिइरहेका छन् । केही समयमै यसबारे अन्तिम निष्कर्ष निस्कने उनले बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको वैठक आह्वान गरेका छन् । भर्खरै सम्पन्न प्रतिनधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम र वर्तमान राजनीतिक गतिरोधबारे छलफल गर्न देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

निर्वाचन आयोगले पठाएको पत्रानुसार आज नै दलहरुले नामावली बुझाउनुपर्ने छ । समानुपातिकतर्फ प्रदेशसभामा ११ दलले मात्रै सीट प्राप्त गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, विवेकशिल साझा, संघीय समाजवादी फोरम नेपाल लगायतका दलहरुले यसअघि नै नामावली टुंगो लगाइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *