श्रीमातीलाई कुटपिट गरेर थुनेको तीन दिनपछि उद्धार

काठमाडौँ, पुष १४ । पतिको चरम यातनाका कारण धनकुटा–४ छारागाउँकी एक महिला गंम्भिर घाईते भएकी छिन् । स्थानीय ४८ वर्षिया सीता श्रेष्ठलाई उनका पति सीताराम श्रेष्ठले चरम यातना दिएका हुन् ।

 

तीन दिन अघि आफ्नै घरभित्र थुनेर कुटपिट गरि गम्भीर घाईते बनाईएकी श्रेष्ठलाई छिमेकी तथा आफन्तले विहिवार उद्धार गरि जिल्ला अस्पताल पुर्याएका थिए । उनका नाबालक छोराले छिमेकीलाई बताएपछि कुटपिटबाट अर्धचेत रहेकी श्रेष्ठको अवस्थाबारे थाहा भएको हो । सीतालाई कुटपिट गरी तीन दिनसम्म कोठामा थुनिएको अवस्थामा उद्धार गरिएको पीडितकी भतिजि सोनी श्रेष्ठले बताईन् । ‘कुटपिट गरेर तीन दिनदेखि कोठमा थुनिएको रहेछ ।’ सोनीले भनिन् ‘केटाकेटीले सुनाएपछिमात्र सवैलाई थाहा भयो र उपचार गर्न अस्पताल ल्यायौँ।’ कुटाईबाट टाउको लगायत शरिरका विभिन्न भागमा गम्भीर चोट तथा नीलडाम रहेको छ ।

श्रेष्ठका भिनाजु खगेन्द्रका अनुसार लामो समय विदेशमा रहेका सीतारामले फर्केर आएपछि यातना दिन थालेका थिए । घाइते श्रेष्ठका अनुसार वुटवलकी एक महिलासंग पतिको सम्बन्ध रहेको थाहा पाएपछि घरायसी विवाद हुने गरेको थियो । यस अघि गत साउनमा पनि पतिको कुटाईबाट उनको दाहिने हात भाचिएको थियो । जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि विहिवार अपरान्ह श्रेष्ठलाई कोसी अञ्चल अस्पताल विराटनगर लगिएको छ । कुटपिट गर्ने श्रेष्ठलाई पक्राउ परी अनुसन्धान थालिएको धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *