पूर्वफुटबलर जर्ज वेह लाईबेरियाको राष्ट्रपतिमा निर्वाचित

काठमाडौं, पुस १४ । अफ्रिकी मुलुक लाईबेरियाको राष्ट्रपतिमा पूर्वफुटबलर जर्ज वेह निर्वाचित हुनु भएको छ । राष्ट्रपति चयनका लागि गत मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा उहाँ विजयी हुुनुभएको हो । वेहले झण्डै ६० प्रतिशत मत ल्याएको बताईएको छ । यसअघि भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन भएको थियो ।

दोस्रो चरणमा बहुमत मतदाताले पूर्व फुटबलर वेहलाई साथ दिएका हुन् । वेह स्थिर र प्रजातान्त्रिक राजनीतिक संस्कार विकास गर्ने नारासहित चुनावमा होमिनु भएको थियो । लाईबेरियामा शक्ति हस्तान्तरण निकै कठिन हुने गरे पनि यसपटक भने सहज हुने अनुमान गरिएको छ ।

सन् २००२ सम्म सक्रिय फुटबल खेलाडी रहेका वेहले युरोपका चर्चित फुटबल क्लवहरु चेल्सी, एसी मिलान, म्यान्चेस्टर सिटी, पेरिस सेन्ट जर्मेनलगायतका क्लबबाट व्यावसायिक फुटबल खेल्नुभएको थियो । आफ्नो जमानाका निकै सफल खेलाडी वेह फिफा वल्र्ड प्लेयर अफ द ईयर र बलुन डे ओर दुबै उपाधि जित्ने एकमात्र अफ्रिकन खेलाडी हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *