इपिएल क्रिकेटको फाईनल खेल भोली, भैरहवा र विराटनगर खेल्ने

काठमाडौं, पुस १४ । राजधानीमा चलिरहेको इपिएल क्रिकेट प्रतियोगिताको फाईनल खेल भोली (सनिवार) हुँदैछ ।

किर्तिपुरस्थित त्रिभुवन विश्व बिद्यालयको खेल मैदानमा हुने फाईनलमा प्रतिस्पर्धामा भैरहवा ग्लयाडियटर्स र बिराटनगर वारियर्सबिच खेल हुनेछ । हिजो भएको दोश्रो प्लेअफ खेलमा ललितपुर प्याट्रियोर्टसलाई ३ विकेटले पराजित गर्दै भैरहवा फाइनलमा पुगेको हो । यसअघि भैरहवालाई पराजित गर्दै विराटनगर फाईनलमा पुगेको थियो ।

विराटनगरसँग पराजित भएपनि भैरहवाले दोस्रो क्वालिफायरमा ललितपुरको सामना गरेको थियो । ललितपुरलाई पाखा लगाउँदै भैरहवाले फेरी पनि वराटनगरसँगको भेट पक्का गरेको हो ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *