धरान काँग्रेसले सार्वजनिक ग¥यो उम्मेदवार


असार ३, धरान । उम्मेदवारी दर्ता गर्नु एक दिनअघि सुनसरीको धरान उपमहानगर पालिकामा नेपाली काँग्रेसले आफ्ना उम्मेदवारहरु सार्वजनिक गरेको छ । हिजो (शनिवार) धरानको भानुचोकमा आयोजित कार्यक्रममा उपमहानगरपालिकाको मेयर उपमेयर सहित वडाध्यक्षका उम्मेदवार सार्वजनिक गरिएको हो ।
नेपाली काँग्रेस, निर्वाचन परिचालन मूल समितिद्वारा आयोजित सभामा धरान उपमहानगरपालिका चुनावमा पार्टीको घोषणापत्र र पार्टीले तोकेका १ देखी २० वडाका अध्यक्ष, सदस्यहरू, महिला सदस्य र दलित महिला सदस्यको आधिकारिक उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ । सभामा मेयर पदमा तिलक राई, उपमेयर पदमा श्यामा रेग्मीलाई आधिकारिक उम्मेदवार घोषित गर्दै फुलमाला, अबिर लगाई पार्टी पदाधिकारी र सहभागीहरुले बधाई ज्ञापन गरेका थिए ।
काँग्रेसद्वारा घोषित वडाका उम्मेदवारहरु क्रमशः १ नं.वडाध्यक्ष रोशन अधिकारी, महिला सदस्य रहिसा कसजु, दलित महिला सदस्य रिता सुन्दास, खुल्ला सदस्यद्वय विवेक प्रसाई, विनोद मानन्धर छन् । २ नं. वडाध्यक्ष माधव गोविन्द श्रेष्ठ, महिला सदस्य सन्ध्या श्रेष्ठ, दलित महिला सदस्य बुना शङ्कर विक, खुल्ला सदस्यद्वय दिलबहादुर तामाङ र मुकेश अग्रवाल, ३ नं. वडाध्यक्ष विजय श्रेष्ठ, महिला सदस्य पार्वती ताम्राकार, दलित महिला सदस्य सीमा शिवा, खुल्ला सदस्यद्वय विद्या शाक्य, सुरेन्द्रकुमार श्रेष्ठ । ४ नं.वडाध्यक्ष दिपककुमार लिम्बु, महिला सदस्य सुष्मा राई, दलित महिला सदस्य मिना विक, खुल्ला सदस्यद्वय नइन्द्र कटुवाल, विजय राई । ५ नं.वडाध्यक्ष सन्तोष यक्सो लिम्बु, महिला सदस्य शान्तिदेवी राई, दलित महिला सदस्य हेमकुमारी विश्वकर्मा, खुल्ला सदस्यद्वय कुमार देवान, मानबहादुर लिम्बु रहेको जानकारी दिइयो ।
यस्तै गरी ६ नं.वडाध्यक्ष भूपेन्द्र भट्टराई, महिला सदस्य झुमादेवी राई, दलित महिला सदस्य रुपा कालिकोटे, खुल्ला सदस्यद्वय कृष्णकुमार राई, गोविन्द निरौला रहेका छन् भने, ७ नं.वडाध्यक्ष सुवर्ण श्रेष्ठ, महिला सदस्य रमिता श्रेष्ठ, दलित महिला सदस्य उर्मिला विश्वकर्मा, खुल्ला सदस्यद्वय हैमन लिम्बु, राम बुढाथोकी छन् । पार्टीको ८ नं.वडाध्यक्ष नन्दराज राई, महिला सदस्य विष्णु मोक्तान तामाङ, दलित महिला सदस्य कमला विक, खुल्ला सदस्यद्वय खड्गा पौडेल, किरण राई । ९नं.वडाध्यक्ष रुपेश आचार्य, महिला सदस्य ललिता अधिकारी, दलित महिला सदस्य अम्बिका विशुंखे, खुल्ला सदस्यद्वय शरदरत्न पार्थव, प्रकाशकुमार श्रेष्ठ छन् । १० नं.वडाध्यक्ष डम्बुरसिंह लिम्बु, महिला सदस्य निर्मला नेपाल, दलित महिला सदस्य शिला परियार, खुल्ला सदस्यद्वय सुरज शाक्य, कर्णबहादुर लिम्बु, ११ नं.वडाध्यक्ष लोकेन्द्र कुमार फागु, महिला सदस्य पञ्चकला राई, दलित महिला सदस्य दिव्य पाँचकोटी, खुल्ला सदस्यद्वय हरि थापा, हर्कराज राई रहेको सार्वजनिक कार्यक्रममा जानकारी गराईयो ।
यसै गरी १२ नं.वडाध्यक्ष भोजकुमार न्यौपाने, महिला सदस्य इन्दिरा पलिखे, दलित महिला सदस्य सरस्वती बराइली, खुल्ला सदस्यद्वय एकराज राई, नरेश अग्रवाल । १३ नं.वडाध्यक्ष महेन्द्र प्रधान, महिला सदस्य गङ्गा सिटौला, दलित महिला सदस्य सितादेवी विक, खुल्ला सदस्यद्वय सपना राई, पेम्बा तामाङ । १४ नं.वडाध्यक्ष कृष्ण भट्टराई, महिला सदस्य शोभा पुलामी मगर, दलित महिला सदस्य मनिष विक, खुल्ला सदस्यद्वय मञ्जिल कसुजु, सिता पौडेल । १५ नं.वडाध्यक्ष गणेश सुब्बा, महिला सदस्य तारादेवी राई, दलित महिला सदस्य मिरा गजमेर, खुल्ला सदस्यद्वय कुमार श्रेष्ठ, रमेश बस्नेत रहेका छन् ।  धरान १६ नं.वडाध्यक्ष मुरारीप्रसाद भट्टराई, महिला सदस्य विष्णु श्रेष्ठ, दलित महिला सदस्य कमला विक, खुल्ला सदस्यद्वय श्याम सुब्बा, अमर सुवेदी । १७ नं.वडाध्यक्ष नारद राई, महिला सदस्य पुष्पादेवी राई, दलित महिला सदस्य सन्तोष सार्की, खुल्ला सदस्यद्वय लक्ष्मीराम कार्की, नरसिंह राई छन् ।
धरान १८ नं.वडाध्यक्षका लागि नरेन्द्रकुमार राई, महिला सदस्य दिलकुमारी राई, दलित महिला सदस्य जमुना त्रिखत्री मोक्तान, खुल्ला सदस्यद्वय टंक गुरुङ, सिता राई । १९ अध्यक्ष देउमान ताप्मादेन, महिला सदस्य निर्मला गुरुङ, दलित महिला सदस्य सानुकामी गजमेर, खुल्ला सदस्यद्वय मविन राई, देउमान लिम्बु । २० अध्यक्ष पदमबहादुर लिम्बु, महिला सदस्य पविना तामाङ, दलित महिला सदस्य कमला चौधरी विक, खुल्ला सदस्यद्वय देवेन्द्र राई, केशव राई रहेको पार्टीद्वारा आयोजित सार्वजनिक कार्यक्रममा बताइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *