धरानको खानेपानीमा भुमाफियाको चलखेल स्थानीयद्धारा योजना बन्द गर्न माग

भरतराज शर्मा(गोपाल)

पुस १३, धरान । धरान उपमहानगरपालिकाको खानेपानीको मुख्य स्रोत सर्दु जलाधार क्षेत्रको मुहान बाटै भुमाफियाहरुले पानी लाने योजनाको विरोध गर्दै स्थानीयबासीले तत्काल योजना बन्द गर्न माग गरेका छन् ।

अवैधानिक ढङ्गबाट संस्था खडा गरी खर्दु जोरधारे मुहानमा भइरहेको अनाधिकृत ईन्टेक निर्माणलाई तत्काल रोकी सत्य तथ्य छानबिन गर्न माग गर्दै स्थानीयले धरान उपमहानगरपालिकमा बिहीबार ज्ञापन पत्र बुझाएका छन् ।

खर्दु जोरधारे मुहान खानेपानी सरोकार समिति गठन गरी विरोधमा उत्रिएका स्थानीयले धरान उपमहानगरपालिका घेराउ गर्दै नगर प्रमुख तारा सुब्बालाई ज्ञापन पत्र बुझाएका हुन् ।


समितिले १३ र १४ नम्बर वडावासीलाई हालको खर्दु जोरधारे मुहानको पानी सुख्खा याममा पनि अपर्याप्त हुने हुँदा त्यसको विकल्प नदिई धरान उपमहानगरपालिकाले सोझै मुहानबाट अन्यत्र लैजाने कार्य तत्काल रोक्न नगर प्रमुखको ध्यानाकर्षण गराएका हुन ।

भुमाफियाहरुले फर्जी समिति गठन गरी तत्कालीन कार्यकारी अधिकृत टिकादत्त राईले पानी लान दिइएको निर्णय बदर गर्न पनि उनीहरूले माग गरेका छन् ।

पाँचकन्या डुम्रे शिखरवास खानेपानी सरसफाइ व्यवस्थापन समितिको नाममा दिइएको खानेपानी योजनालाई बन्द गर्दै निर्माण हुँदै गरेको इन्टेक निर्माण बन्द गराउन दबाब दिएका छन् ।

यता उपमहानगरपालिकाले योजनाको अध्ययन गर्न विज्ञहरुको टोली गठन गरेको जनाएको छ । टोलीले १ साता भित्र अध्ययन गरी प्रतिवेदन बुझाउने नगर प्रमुख तारा सुब्बाले बताए । प्रतिवेदनको आधारमा सत्य तथ्य सार्वजनिक गर्ने उनले प्रतिबद्धता समेत सुब्बाले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *