सोनम मण्डलले जन्माईन् अचम्मको बच्चा, शिशुको दुईवटा टाउको चार हात

पुस १३, धरान । बी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अचम्मको नवजात शिशुको जन्म भएको छ । मंगलबार प्रतिष्ठानको प्रशुति वार्डमा मृत जन्मेको शिशुको दुईवटा टाउको, चारवटा हात र दुईवटा खुट्टा रहेको प्रतिष्ठानको प्रशुति वार्डले जानकारी गराएको छ ।

इनरुवा–८ बाट प्रशुतिका लागि आएकी सोनम मण्डलले त्यस्तो अचम्मको शिशुको जन्म दिएकी हुन् ।

मृत अवस्थामा जन्मिएको शिशुका पिता चन्द्र नारायण मण्डलले गर्भवती परीक्षणका क्रममा पटक पटक भिडियो एक्सरे गर्दा समेत चिकित्सकले सो विषयमा जानकारी नगराएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *