रानीपोखरीमा मल्लकालिन शैलीको खोजी, अध्ययन गर्न समिति गठन

काठमाडौं, पुस १३ । काठमाडौं महानगरपालिकाकाले परम्परागत (मल्लकालीन शैली)मै रानीपोखरीको पुनर्निर्माण गर्ने भएको छ ।

पुरातात्विक महत्वको रानीपोखरी निर्माणसम्बन्धी विवाद बढ्दै गएपछि बिहीवार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको संयोजकत्वमा बसेको बैठकले मल्लकालीन शैलीमै पुनर्निर्माण गर्ने निर्णय गरेको हो । बैठकमा काठमाडौं महानगरपालिकाकाली उपमेयर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव र पुरातत्व विभागका महानिर्देशकको समेत उपस्थिति थियो ।

बैठकले रानीपोखरी पुनर्निर्माणका सम्बन्धनमा अध्ययन गर्न ११ सदस्यीय समिति समेत गठन गरेको छ । पुरातत्व विभागका पूर्व महानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा गठित समतिमा भवनविभागमा र्पूव महानर्दिशक सुर्यभक्त साँगाछे, पुनर्निर्माण प्राधिकरणको सम्पदा महाशाखाका प्रमुख राजु मानन्धर लगायत छन् ।

समितिले मल्लकालीन शैली र रानीपोखरीको पुनर्निर्माणसम्बन्धमा अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने छ ।

समितिले अध्ययन प्रतिवेदन नबुझाउन्जेलसम्म रानीपोखरको पुनर्निर्माणका सम्बन्धमा भइरहेका सबै काम तत्काल स्थगित गरिने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *