बाहेती मधेशी जनाधिकार फोरमबाट उठ्दै
२०७४ जेठ १५ गते


विराटनगर । विराटनगरका ब्यापारी महेश बाहेती मधेशी जनाधिकार फोरमबाट स्थानीय निकायको निर्वाचनमा उठ्ने भएका छन् । विराटनगर वडा न.२ को वडाध्यक्षका लागि बाहेतीले फोरमबाट उम्मेद्वारी दिने तयारी गरेका छन् ।
यसअघि स्वतन्त्र रुपमा वडाध्यक्षमा उठ्ने घोषणा गरेका बाहेतीले विराटनगरको विकासमा आफ्ना एजेण्डालाई समर्थन गर्ने पार्टीबाट उम्मेद्वारी दिने बताएका थिए । फोरम पार्टीमा प्रवेश गरिसकेपछि बाहेतीले विराटनगर र वडा नंं २ को विकासमा मधेशी जनाधिकार फोरमले आफ्ना विषय र एजेण्डामा सहमत भएको र पार्टीका एजेण्डा पनि आफुले बोकेको जस्तै भएकोले सहकार्य गरिएको बताए ।
उनले विराटनगरको ऐतिहासिक वडाको विस्तृत विकास गर्नका लागि फोरमले विशेष ध्यान दिने बताएपछि सहकार्य भएको बताए ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








