राष्ट्रिय फोटो पत्रकार समुहमा शाक्य

बागलुङ, पुस १३ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) बागलुङ जिल्ला शाखाले मञ्जुल शाक्यको अध्यक्षतामा सर्वसम्मत नौ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

शाखाको दोस्रो साधारणसभाबाट सो शाखाको उपाध्यक्षमा कोपिला कँडेल, सचिवमा प्रदीप पन्त, सहसचिवमा विक्रम सुनार र कोषाध्यक्षमा सिर्जना पन्त तथा सदस्यहरुमा प्रकाश बरा, सुवास आचार्य, नारायण रिजाल, रामनारायण सुवेदी, भुवन कँडेल र हरि शर्मा छानिएका छन् ।

यसैगरी केन्द्रीय प्रतिनिधिमा निवर्तमान अध्यक्ष किरण आचार्य र सुवास पन्त छनोट भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *