म्यान्चेस्टर सिटीद्धारा न्युकासल युनाईटेड१–० ले पराजित

लन्डन, पुस १३ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासल युनाईटेडलाई १–० ले पराजित गरेको छ ।

खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन राहिम स्टर्लिङले ३१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

जितपछि म्यान्चेस्टर सिटीले लिग तालिकामा दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडसँगको अंक दुरीलाई झनै फराकिलो पारेको छ । २० खेलबाट सिटीको ५८ अंक भएको छ भने १५ अंकले पछि परेको म्यान्चेस्टर युनाईटेड ४३ अंकसहित दोस्रो स्थानमा छ ।

तेस्रो स्थानको चेल्सीको ४२ अंक छ भने ३८ अंकको साथ लिभरपुल चौथो स्थानमा छ ।

प्रिमियर लिग फुटबलमा आज राति क्रिष्टल प्यालेस र आर्सनल भिड्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *