पुर्वी नेपालमा पहिलो पटक बैंकिङ एक्सपो हुने


“
सुनसरी, पुस १२ । ‘अब राजनिती होईन,उद्यमशिलताको बहस गरौ हरेक घरबाट बित्तीय चेतनाको आवाज उठाउँ’ भन्ने मुल नाराका साथ बित्तिय जागरण राष्ट्रिय अभियान मिडिया ईन्टरनेश्नल नेपालको आयोजनामा पहिलो पटक पुर्वी नेपालको ईटहरीमा बैंकिङ एक्सपो २०७४ संचालन हुने भएको छ ।
२०७४ पौष १४ देखि १६ गते तीन दिन सम्म सुनसरीको ईटहरी दिपेन्द्र चौक स्थित सानो जनता स्कुलको खेल मैदानमा आयोजना गर्न लागेको आयोजक बित्तिय जागरण राष्ट्रिय अभियान मिडिया नेपालका संम्योजक माधब निर्दाैषले जानकारी दिएका छन् ।
नेपालको बित्तीय संस्थामा पहुच तथा हरेक नेपालीलाई बैंक ,बिमा तथा सेयर बजारको बारेमा सहजै जानकारीका पु¥याउने उदेश्यका साथ सो एक्सपो गर्न लागेको संम्योजक निर्दाैषले बुधबार धरानमा आयोजीत छलफल कार्यक्रममा जानकारी गराएका हुन् ।
निर्दाैषले पैसाको महत्व बुझन,कमाएको पैसा बचत गर्न,र उद्यमी बन्ने बाटोको पहिचान गर्नका लागी यस्ता प्रकारको कार्यक्रम सरकारी स्तरबाट समेत हुनु जरुरी रहेको बताए ।
साथै उनले सबै नागरीकले बैंक खाता खाल्न,पैसा बचत गर्न,बैंकबाट कारोबार गर्न र बैकबाट कर्जा लिई कसरी उद्यमी बन्न सकिन्छ भन्ने कुराहरुको सम्पुर्ण जानकारी सो एक्पोले दिने समेत बताए ।
आर्थिक उन्नतीलाई एक्पोको मध्ययमाबाट जागरुक बनाई नेपाललाई समृद्धिको बाटोमा लैजाने उदेश्यले गर्न लागीएको सो एक्पोमा बैंक, बित्तिय तथा सेयर,ईन्स्युरेन्स सम्बन्धी ४० बटा स्टलहरु राखिने तथा ती स्टलहरुमा ती सबैमा गरीने कारोबार तथा जानकारी सम्बन्धी सचेतना मुलक सामग्रीहरु राखिनेछ ।
आर्थिक स्तर बिकास तथा उद्योग तथा साना ब्यापार सम्बन्धी प्रवद्र्धन एवं जानकारी विकासको लागि मिडिया ईन्टरनेश्नले निरन्तर रुपमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको संम्योजक निर्दाैषले जानकारी दिएका छन् ।
धरानको उद्योग बाण्ज्यि संघको सभाहलमा गरिएको कार्यक्रममा धरानका बिभिन्न बंैक, बित्तीय, ईन्स्युरेन्स तथा पत्रकाहरु ल्गायत करिब २५ जनाको सहभागीता रहेको थियो
“
