नवलपरासी: नेपाल–भारत सीमामा तनाव

नवलपरासी, जेठ ३१ ।  नवलपरासी स्थित नेपाल–भारत सीमामा तनाव उत्पन्न भएको छ । भारतीय अर्धसैनिक बल एसएसबीले बुधबार बिहानैदेखि नवलपरासीको दक्षिणी सीमामा आवतजावत रोकेपछि तनाव उत्पन्न भएको हो ।

सीमा बन्द गरिएको भन्दै एसएसबीका जवानले नेपाल–भारत आवतजावत गर्न चाहने जो सुकैलाई पनि फिर्ता पठाईदिन थालेपछि सीमाको दुवैतर्फ तनाव उत्पन्न भएको हो । नवलपरासीको सीमामा रहेको शितलापुर एसएसबी क्याम्पका जवानले मंगलबार एक निर्दोष नेपालीलाई निर्घात कुटपिट गरेपछि उत्पन्न तनावका कारण एसएसबीले सीमामा आवतजावत बन्द गराएको हो ।

मंगलबार बेलुका ८ बजे भारततिर जान लागेका साबिकको बसहिया गाविस–६ का ४० प्रदुमन यादवलाई शितलापुर एसएसबी जवानले कुटपिट गर्दै क्याम्प लगेको र बचाउन पुगेका उहाँका भाइ सञ्जु यादवलाई पनि एसएसबीले कुटपिट गरेको स्थानीय बासिन्दाले बताएका छन् । स्थानीय नेपालीले भारतीय एसएसबी क्याम्प शितलापुर घेराउ गरेका छन् ।

तनाव समाधान गर्नका लागि दुवैतर्फका सुरक्षा अधिकारी घटनास्थल जाँदै छन् । नेपालतर्फबाट ईलाका प्रहरी कार्यालय बेलाटारी प्रहरी निरीक्षक केशव थापा, सशस्त्र प्रहरी सीमा सुरक्षा बल गूठी परसौनीका प्रहरी निरीक्षक पदम पुन, प्रहरी चौकी बसहियाका असइ रामकाजी गुरुङ तथा भारतीय अर्धसैनिक बल एसएसबी हेड क्वाटर नौतनवाका सहायक कमाण्ड लगायतको टिम घटनास्थल पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − one =