रुसको राष्ट्रपति निर्वाचन बहिष्कार गर्न विपक्षी दलका नेताको अपील

काठमाडौं, पुस ११ । रुसका विपक्षी दलका नेता एलेक्सी नाभाल्नीले आगामी राष्ट्रपति निर्वाचन बहिष्कार गर्न सबैमा अपील गरेका छन् । राष्ट्रपति चुनावमा नाभाल्नीलाई भाग लिन पुटिन सत्ताले प्रतिबन्ध लगाएपछि नाभाल्नी निर्वाचन नै बहिष्कार गर्न आम मतदातामा अपील गरेका हुन ।

भ्रष्टाचार मुद्दामा मुछिएको भन्दै नाभाल्नीलाई भाग लिन नदिइने त्यहाँको निर्वाचन आयोगले जनाएको छ । आगामी बर्ष हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने तयारी गरिरहेका नाभाल्नीलाई औपचारिक रुपमै प्रतिबन्ध लगाइएको हो ।

नाभाल्नीले भने आफूमाथि राजनीतिक षड्यन्त्र गरिएको आरोप लगाउँदै सत्यको पक्षमा सदैव रहने बताएका छन् ।

भ्रष्टाचारविरुद्ध अभियान चलाउँदै आएका नाभाल्नी रुसी राष्ट्रपति भ्लादिमीर पुटिनका लागि टाउको दुःखाईको विषय बनेको बताइएका बेला निर्वाचनमा उम्मेदवार बन्नै निर्वाचन आयोगले रोक लगाएको हो ।(एजेन्सी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *