स्टिङ अपरेसनमा ७६ जना कर्मचारी घुस लिँदालिँदै पक्राउ

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको स्टिङ अपरेसनमा आव ०७३/७४ मा ७६ जना कर्मचारी घुस लिँदालिँदै पक्राउ परेका छन् । अख्तियारले यस अवधिमा उपसचिव पाँच जना, शाखा अधिकृत १५ जना, नायब सुब्बा ३४ जना, ओभरसियर, अमिन र खरिदार गरी सात जना, लेखापढी व्यवसायी सात जना, घुस दिने दुई जना, कार्यालय सहयोगी दुई जना, कुल्ली पाँचौं तह एक र विद्यालय व्यवस्थापन अध्यक्ष एक जना पक्राउ गरेको छ ।

अख्तियारले सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा बढी नापी र मालपोत कार्यालयका कर्मचारी घुस लिँदालिँदै पक्राउ परेका छन् । त्यसपछि नगरपालिका, गाउँपालिका र यातायात कार्यालयका कर्मचारी घुस लिँदालिँदै समातिएका छन् ।

काठमाडौंमा अघिल्लो आवमा १७ जना समातिएकोमा यस आवमा २४ जना कर्मचारी पक्राउ परेका छन् । यस अवधिमा भूकम्प पीडितसँग पनि घुस लिएको, सरुवा, नियुक्ति, काममा महिनौं झुलाएर, गैरकानुनी कामका लागि घुस लिने प्रवृत्ति रहेको जनाइएको छ।

घुस खाएको उजुरी लिने, सबुतप्रमाण संकलन गरिने, घटनाको विश्लेषण, योजना तयार, रंगेहात पक्राउ र छानबिनपछि मुद्दा चलाउने प्रक्रिया रहेको जानकारी अख्तियारले गराएको छ । अख्तियारका प्रवक्ता जीवराज कोइरालाले सेवाग्राही धेरै मर्कामा परेपछि मात्र उजुरी गर्न आउने गरेको बताए। उनले सेवाग्राही सचेत भई सम्बन्धित निकायमा सूचना दिए अनियमिततामा कारबाही गर्न सहज हुने पनि बताए। अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − six =