विराटनगर समुह चरणको विजेता, काठमाडौं किङ्ग्स आउट !

पुस १०, काठमाडौं । काठमाडौं किङ्ग्स इलाभेन एभरेष्ट प्रिमियर लिग क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । सोमबारको पहिलो खेलमा  बिराटनगर वारियर्सले काठमाडौंमाथि ८ रनको रोमाञ्चक जित निकाल्यो । विराटनगरले समूह चरणमा सबै खेल जितेको छ भने एक खेल मात्र जितेको काठमाडौं बाहिरियो ।

१४८ रनको लक्ष्य पछ्याएको काठमाडौंलाई अन्तिम ओभरमा १७ रन चाहिएको थियो । तर, अन्तिम ओभरको पहिलो बलमा नै रामनरेश गिरीले सागर विमारको विकेटछ लिए । दोस्रो बलमा रन जोड्न नसकेका सिद्धान्त लोहनीले तेस्रो बलमा छक्का हान्दै काठमाडौंलाई जितको आश दिलाए ।

तर, चौथो बलमा उनी आउट भए । र, काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो । उसका लागि महारुफले ४२ रन बनाए भने नरेश बुढायरले ३० रन जोड्दा अन्य ब्याट्सम्यान चल्न सकेनन् । बिराटनगरका अंशुमान रथले ३ विकेट लिँदा बसन्त रेग्मी र रामनरेश गिरीले २-२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो । उसको पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । ओपनर आसिफ शेख शुन्यमा आउट भए, जतिबेला टिमको स्कोर ११ रन मात्र थियो ।

तर, अंशुमान रथ र बाबर हायातले पारी सम्हाले । दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गरे । अंशुमान ३२ रनमा आउट भए । पारस खड्कासँग २९ रनको साझेदारी गरेका बाबर व्यक्तिगत ६७ रनमा आउट भए ।

पारस २६ रनमा आउट भए, जतिबेला टिमको स्कोर १३३ रन थियो र ११ बल बाँकी थियो । तर, विराटनगरले १४ रन जोड्न थप ३ विकेट गुमायो ।

जितसँगै ५ खेलबाट १० अंक जोडेको विराटनगर समूह विजेता बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *