‘सैराठ’को रिमेकमा श्रीदेवीकी छोरी र शाहिद कपूरका भाई : कस्तो छ जाह्नवी र ईशान खट्टरको जोडी ?


कात्तिक २३, काठमाडौं । बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपूर बलिवुडमा डेब्यु गर्न लागेको घोषणा भइसकेको छ । जाह्नवी र शाहिद कपूरका भाई ईशान खट्टर चाँडै मराठी ब्लकबस्टर ‘सैराठ’ को हिन्दी रिमेकमा एक साथ देखिने भएका छन् । यो घोषणासँगै जाह्नवी र ईशान एक साथ देखिन थालेका छन् ।
उनीहरु दीपिका पादुकोणको पार्टीपछि मुम्बईमा लञ्चका दौरान एक साथ देखिएका छन् । यसअघिपनि उनीहरु एक साथ देखिने गरेको बताइएको छ । ‘सैराट’ फिल्मको रिमेक नबन्ने खबर आएका बेला जाह्नवी र ईशानको एक आपसको भेटघाट पातलिएको थियो ।
करण जौहरको धर्मा प्रोडक्सनको ब्यानरमा हिन्दी ‘सैराट’ निर्माण हुने भएको छ । करणले फिल्मको रिमेक बनाउन यसको कपी राइट खरिद गरिसकेका छन् । शशांक खेतानले निर्देशन गर्ने फिल्मको छायाकंन डिसेम्बर १ बाट सुरु हुने बताइएको छ । यो फिल्म मराठी ‘सैराट’को कपी नभएर धेरै परिवर्तित कथामा आउने र आगामी जुन–जुलाईसम्मद दर्शकले हेर्न पाउने निर्माण पक्षले जनाएको छ ।
