‘जातीय सद्भावको विकास गर्छु’

असिम तिमल्सीना, असार ७ । नेकपा एमालेले प्रदेश नं ७ कैलाली जिल्ला अन्तर्गत जानकी गाँउपालिकामा जगत चौधरीलाई गाँउपालिका अध्यक्षमा उम्मेदवार तोकेको छ । चौधरी विगत ३० वर्षदेखि राजनीतिमा संलग्न हुनुहुन्छ ।

एसएलसी सम्म अध्ययन गरेका ५१ वर्षीय चौधरीले जातीय सद्भाव विकास गर्नुलाई आफ्नो मुख्य काम ठानेका छन् । ‘सानासाना कुराले पनि जातिजाति बीच सद्भाव खलबलाइ रहेको छ । हरेक त्यस्ता घटनाको सर्वपक्षिय भेला गराई समाधान गर्नेछु’ उहाँले भन्नुभयो ।

नेपाली जनताले भोगेको अस्तव्यस्ततालाई सुधारगर्ने संकल्प लिएका चौधरीले भूमिको वैज्ञानिक सर्भे गरेर भूमि सम्बन्धी समस्याको समाधान गर्ने बताउनुभयो । साथै कृषि क्षेत्रमा पनि व्यापक सुधार गर्ने उहाँको लक्ष्य रहेको छ ।

‘मानिसको त बिमा छ, तर कृषिको खोइ बिमा ? हरेक वर्ष विभिन्न प्राकृतिक विपत्तिआइ कृषि क्षेत्रमा निकै घाटा हुनेगरेको छ, म यसको समाधान गर्नेछु’ उहाँले बताउनुभयो ।

जमिनको उपलब्धिलाई भौतिक पूर्वाधार निर्माणमा प्रमुख समस्या मान्ने चौधरीले आफ्नो कार्याकालमा सडक स्तरोन्नति गर्ने समेत प्रतिबद्धता जाहेर गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *