हराएको २१ दिनपछि मृत फेला

पुस १०, नुवाकोट । शिवपुरी गाउँपालिका–५ स्थित महाकालीका श्याम तामाङ हराएको २१ दिनपछि मृत भेट्टिएका छन् । गत मंसिर १९ गतेदेखि हराएका ३३ वर्षीय तामाङ आइतबार अपराह्न मृत अवस्थामा भेट्टिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।

शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलभित्र खोलाको खोचमा भेट्टिएको शव सडेगलेकाले परीक्षणसमेत गर्न नमिलेको प्रहरीले जनाएको छ । भिरबाट लडेर मृत्यु भएको जस्तो देखिए पनि घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =