ऐडिको परिवारलाई २५ लाख क्षतीपुर्ती, छानविन समिति गठन

पुस १०, काठमाडौं । प्रहरीको गोली लागि मृत्यु भएका म्यादी प्रहरी विवेक ऐडिको परिवारलाई २५ लाख क्षतिपूर्ति दिइने भएको छ। सरकारले १० लाख क्षतिपूर्ती दिने निर्णय गरेको हो। बाँकी १५ लाख म्यादी प्रहरी हुँदा गरिएको बिमाबाट दिईने छ।

विना विभागीय मन्त्री महेन्द्रबहादुर शाहीले गृह मन्त्रालयलाई क्षतिपूर्ती रकम दिने निर्णय गर्न दबाब दिएका थिए। उनले छानबीन समिति गठन गरि मृतक ऐडिलाई शहीद घोषणा गर्न पनि दबाब दिएका छन्।

मन्त्री शाहीको निरन्तरको दबाबपछि गृहमन्त्रालयले छानबीन समिति पनि गठन गरेको गृहमन्त्रालयका प्रबक्ता नारायणप्रसाद शर्मा दुवाडीले जानकारी दिए।

दुवाडीका अनुसार प्रधानमन्त्रीस्तरको निर्णयबाट गृहले चार सदस्यीय छानविन समिति गठन गरेको हो। समितीमा गृह मन्त्रालयका सहसचिव डा। मानबहादुर विक , प्रहरी नायव महानिरीक्षक रमेश खरेल, सशस्त्र प्रहरीका नायव महानिरीक्षक प्रविण श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक लक्ष्मण गुरुङ छन्।

७ दिनभित्र प्रतिवेदन बुझाउने गरि समिति गठन गरिएको प्रबक्ता दुवाडीले बताए। घटनामा घाइते भएकाहरुको पनि निःशुल्क उपचार गरिने भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *